Comments Add Comment

सिरकले थिचेर ६ महिने छोराको हत्या

२५ माघ, सुरुङ्गा । बिर्तामोड नगरपालिका–२ झापा निवासी एक व्यक्तिले मादक पदार्थ सेवन गरी नाबालक छोराको हत्या गरेका छन् ।
Jhapa-Map-final
बिर्तामोड नगरपालिका–२ रामचोक निवासी २० वर्षीय देव दासले मादक पदार्थ सेवन गरी छ महिने छोरा सुरज दासको सिरकले थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

गए राति छोरालाई सिरक र डसनाले थिच्दै गर्दा आमाले देखेर तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा पुर्याइएपनि शिशुको उपचारकै क्रममा मृत्यु भएको इप्रका बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

हत्यामा संलग्नलाई इप्रका बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

सप्तरीको नहरमा पुरुषको शव फेला

यसैबीच सप्तरीको जलेश्वर नगरपालिका–७ स्थित नहरमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

जलेश्वर नपा–७ स्थित ब्रम्हस्थान अगाडि रहेको नहरको पुलमुनि जलेश्वर–९ रमौलका ४२ वर्षीय मिश्री भन्ने कैलाश यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट करिब १५ फिट मुनि नहरको खाल्डोमा यादवको शव फेला परेको हो । साइकलले शरीर च्यापेको भेटिएकाले उनको साइकल दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment