Comments Add Comment

१६ बर्ष युएईमा विताएर नेपाल फर्किएका भुषालको विदाई

krishna-Bhusal

यूएई- यूएईको नेपाली समुदायमा सहयोगी तथा मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित एनआरएन एनसीसी यूएईका पूर्वअध्यक्ष कृष्णप्रसाद भुसाललाई बिदाई गरिएको छ ।

एनआरएन यूएईको समन्वयमा फेब्रुवरी ८ तारिखमा नेपाली दूतावास परिसरमा आयोजित कार्यक्रममा भुसाललाई ससम्मान बिदाई गरिएको एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाली दूताबासको तर्फबाट राजदूत धनन्जय झाले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओडाएर बिदाई गरेका थिए ।

एनआरएनका केन्द्रीय तथा विभिन्न क्षेत्रीय पदाधिकारीहरुको उपस्थितिमा आयोजित बिदाई कार्यक्रममा सबैले भुसालको योगदानको चर्चा गर्दै नेपालमा पनि समाजसेवाको क्षेत्रमा लागिरहन सुझाएका थिए ।

एनआरएनका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा आयोजित विदाई कार्यक्रममा कार्कीले भुसालको सहनशीलताको व्याख्या गर्दै उनीबाट धेरै कुरा सिकेको बताए ।

बिलाई कार्यक्रममा राजदूत झाले एनआरएनमा भुसाल अध्यक्ष रहँदाको कार्यकाल सफल रहेकोमा प्रशंसा गरेका थिए ।

१६ वर्षभन्दा बढी यूएईमा रोजगार गरेपछि  गत वर्ष मोबाइल एसोसरिजको व्यावसायमा हात हालेका भुसाल यूएई पुनः नर्फकने गरी जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment