Comments Add Comment

अमेरिकाले नेपाललाई दिने सहयोग चार गुणा बढाउने

२७ माघ, काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग चार गुणा वृद्धि गर्ने प्रस्ताव गरेको छ । वैशाखमा आएको भुकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै उसले आफ्नो वाषिर्क सहयोग ६ करोड ४० लाख अमेरिकी डलर (६ अर्ब ४० करोड रुपैयाँ) पुर्‍याउने तयारी गरेको छ ।

john-kerryअघिल्लो आर्थिक यो सहायता १ करोड ४५ लाख अमेरिकी डलर (करिब १ अर्ब ४५ करोड) मात्रै थियो । अमेरिकी कंग्रेसमा अक्टोबर १ बाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१६-१७ का लागि वाषिर्क बजेट पेश गर्दै विदेश मन्त्री जोन केरीले नेपालको आर्थिक सहायता कोष (इएसएफ) मा दिने रकममा उच्च वृद्धि गर्न प्रस्ताव गरेका छन् ।

‘विनाशकारी भूकम्पपछि नेपालमा सर्वसाधारण जनताका घर तथा विद्यालयहरुको पुनर्निमाणमा सहयोग गर्न र आर्थिक वृद्धिलाई उकास्नका लागि अमेरिकी सहयता रकम प्रयोग हुनेछ,’ विदेश मन्त्रालयले आफ्नो बजेटसम्वन्धी प्रस्तावमा भनेको छ ।

यो स्रोतलाई कृषि उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा प्रवर्द्धन गर्न समेत खर्च गरिने प्रस्तावमा उल्लेख छ ।

यसका अतिरिक्त विदेश मन्त्रालयले तीन करोड ९७ लाख अमेरिकी डलर (करिब चार अर्ब रुपैयाँ) यूएसएआइडीको विश्व स्वास्थ्य कार्यक्रममार्फत नेपाललाई दिने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment