Comments Add Comment

ब्रिटिस कलेजका १ सय १ विद्यार्थीले रक्तदान गरे

raktadaan
२९  माघ, काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का विद्यार्थीहरुले रक्तदान गरेका छन् । काठमाडौंमा रगत अभाव बढेको खबर सार्वजनिक भएपछि कलेज परिसरमा विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेका हुन् ।

कलेजमा स्थापना भएको विद्यार्थीहरुको ‘क्लब हातेमालो फाउण्डेशन’ ले गरेको कार्यक्रममा १ सय १ जना व्यक्तिले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवासँगको सहकार्यमा फाउन्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्नका लागि गठन भएको फाउण्डेशनले सामाजिक उत्तरदायित्व स्वरुप कार्यक्रम गरेको बताएको छ ।

कार्यक्रममा ब्रिटिस कलेजका प्रमुख कार्यकारी निर्देशक राजेन कँडेलले विद्यार्थीहरुले शैक्षिक ज्ञानमात्र नलिई सामाजिक उत्तरदायित्व समेत बोक्नुपर्ने बताए ।

फाउण्डेशनकी संयोजक सफलता श्रेष्ठले आफूहरुले समाजलाई आवश्यक पर्ने हरेक गतिविधिमा सक्रिय हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment