+
+

सेन हत्याको विरोधमा विद्यालय तथा यातायात बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २९ गते १२:४८

२९ माघ, कपिलवस्तु । कपिलवस्तुको जितपुरमा स्थानीय युवा राजेश सेनको हत्या भएको विरोधमा शुक्रबार जिल्लाको शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै विरोधमा उत्रिएका हुन् । तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताको विरोध प्रदर्शनका कारण सदरमुकाम तौलिहवा, वाणगङ्गा, गजेहडा, ओदारीलगायतका  शैक्षिक संस्था पूरै बन्द भएका छन् ।

विरोधका कारण तौलिहवा जितपुर सडकखण्डमा सवारीका साधन चल्न सकेका छैनन् । घटनास्थल जितपुर चोक स्थल तनावपूर्ण रहेको छ भने वाणगङ्गा, गजेहडा क्षेत्रका बजार पनि बन्द रहेका छन् ।

वाणगङ्गा नगरपालिका–१० स्थित जितपुर चोकमा साथीसँग कुराकानी गरिहरहेको अवस्थामा हिजो सांँझ ३७ वर्षीय राजेश सेनको हत्या भएको थियो । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले सेन उपर गोली प्रहार गरी फरार भएका छन् ।

 छातीमा गोली लागेका सेनको उपचारको क्रममा हिजो नै बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

नेपाली कांग्रेस, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । सभासद् सुरेन्द्रराज आचार्य र अतहर कमालले पनि घटनामा संलग्नको पहिचान गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?