Comments Add Comment

अनेरास्ववियुको निर्वाचन पर्सिमात्र

१ फागुन, काठमाडौं । एमालेसम्वद्ध अनेरास्ववियुको नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ ।

Dipak-Gautam-and-Nabina-Lamaयुनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार शनिबार मतदातालाई कार्ड वितरणको कार्य भइरहेको छ भने निर्वाचन समितिले मतदानका लागि आवश्यक काम सुरु गरिसकेको छ ।

उनले भने–“देशभरिबाट एक हजार ५०० मतदाता रहेका छन् ।  यति ठूलो सङ्ख्याका मतदाताको सबै प्रक्रिया पूरा गरी मतदान पर्सि १०-११ बजेबाट मात्र सुरु हुनेछ ।’

युनियनको जारी २२औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गरेका छन् ।

एमालेले अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि सात सदस्यीय समिति गठन गरेको छ । पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षतामा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहेको समिति गठन गरी निर्वाचन प्रक्रियामा सहयोग गर्न दिर्नेशन दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment