+
+

सोह्र गाविसलाई समेटेर नगरपालिका बनाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २ गते ८:३४

२ फागुन, इलाम। सोह्रवटा गाउँ विकास समितिलाई समेटेर छवटा नगरपालिका स्थापनाका लागि जिल्ला विकास समितिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने भएको छ । 

नगरपालिका सिफारिस समिति, जिविसको सर्वदलीय बैठकले सरोकारवालाबीचको तीन Map-Of-Ilam-चारवटा गाविसलाई गाभेर नगरपालिका बनाउन सिफारिस गर्न लागेको हो । पशुपतिनगर, श्रीअन्तु, समालबुङ र गोर्खे गाविसलाई समेटेर एउटा गाविस बनाउन लागिएको छ ।

यसैगरी चिसापानी, दानाबारी र महमाईलाई गाभेर दोस्रो, बरबोटे, सुम्वेक र माईपोखरीलाई समेटेर तेस्रो, शान्तिडाँडा, साँखेजुङ र पुवामझुवालाई समेटेर चौथो, चमैता, एकतप्पा र फाकफोक गाविसलाई पाँचौँ र चुलाचुली गाविस सिङ्गैलाई छैठौँ नगरपालिकाको सिफारिसका लागि गाविसस्तरमा छलफलका लागि पत्राचार गरिएको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए ।

“मोटामोटी गाउँबाट सहमति भएर आइसकेको र एक÷दुईवटाको पनि आजैभोलि आउने तयारी छ, सबैलाई एकैपटक सिफारिसका लागि मन्त्रालय पठाउने तयारी गरेका छौँ” – सूचना अधिकारीसमेत रहका खतिवडाले बताए ।

मन्त्रालयको नगरपालिका व्यवस्थापन शाखाले नयाँ नगरपालिका सिफारिस गर्दा स्थानीय स्वायत्त शासन ऐनको दफा ७२, ७४ र ८८ तथा स्थानीय स्वायत्त शासन नियमावली–२०५६ को नियम ७३, ७४ को प्रावधान तथा सोअनुरूपको न्यूनतम मापदण्ड पूरा भएमा मात्र नयाँ नगरपालिकाको प्रस्ताव गर्नुपर्ने जनाउँदै जिविसलाई पत्राचार गरेको छ । 

नगरपालिका बन्नका लागि न्यूनतम १० हजार जनसङ्ख्या आवश्यक पर्छ भने मेडिकल अधिकृत रहने प्राथमिक स्वास्थ्य केन्द्र, कालोपत्रे सडक, क्याम्पस वा उच्च मावि, बजार विस्तार हुने क्षेत्र, ल्याण्डफिल्ड साइड, बसपार्क, नगरपालिकालाई अवश्यक भवन आदि कुरालाई मुख्य मानिएको छ । यसअघि इलाममा देउमाई, सूर्याेदय र इलाम नगरपालिका स्थापना भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?