Comments Add Comment

निस्वार्थी मेस्सी, जसले रेकर्ड गोल छाडेर स्वरेजलाई हृयाट्रिक दिए

Messi and Suarez३ फागुन, काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सीले आफू स्वार्थरहित फुटबलको नमुना प्रस्तुत गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भि डिगोलाई ६-१ गोलको फराकिलो अन्तरले हरायो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वरेजले हृयाटि्रक पुरा गरे, तर, प्रशंसा लिओनल मेस्सीको भइरहेको छ ।

खेलमा बार्सिलोना ३-१ ले अगाडि थियो र मेस्सीलाई लडाएपछि पेनाल्टी पाएको थियो । रंगशालामा फुटबल हेरिरहेका सबैको अनुमान थियो कि मेस्सीले पेनाल्टीमा गोल गर्नेछन् ।

स्वभाविक पनि हो कि यो पेनाल्टीमा गोल गरे मेस्सीले आफ्नो नाममा नयाँ कीर्तिमान बनाउने थिए । उनले ला लिगामा बार्सिलोनाका लागि २९९ गोल गरिसकेका थिए र यो पेनाल्टी ३०० औं गोल हुने थियो ।

तर, मेस्सीले स्वार्थरहित फुटबलको नमुना प्रस्तुत गरे । उनले पेनाल्टी त हाने तर, आफूले गोल नगरी स्वरेजलाई हृयाट्रिक पुरा गर्न दिए ।

पेनाल्टी हान्ने क्रममा उनले बल स्वरेजलाई पास गरिदिए र उनले सहज गोल गर्दै हृयाटि्रक पुरा गरे । यसलाई मेस्सी फेरि पेनाल्टीमा गोन गर्न चुके भन्नेहरु पनि होलान् ।

तर, उनले आफ्नो टीममेटका लागि खेलेको स्वार्थरहित फुटबल त्यो भन्दा धेरै माथि छ ।

भिडियो

Selfless-Messi-penalty Selfless-Messi-penalty-1 Selfless-Messi-penalty-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment