+

एम्बाप्पे, जिरउड र ग्रिजम्यान तीनैले गोल गरे

२०७५ चैत  १२ गते ११:०८ २०७५ चैत १२ गते ११:०८
एम्बाप्पे, जिरउड र ग्रिजम्यान तीनैले गोल गरे

काठमाडौं । ओलिभर जिरउड तेस्रो सर्वाधिक गोलकर्ता बन्दा फ्रान्सले आइसल्याण्डमाथि सहज जित हात पारेको छ ।

युरो कप छनोटमा विश्व विजेता फ्रान्सले आइसल्याण्डलाई ४–० गोल अन्तरले हराएको हो । घरेलु टोलीलाई १२ औं मिनेटमा उम्टिटीले अग्रता दिलाएका थिए ।

बाँकी तीन गोल भने दोस्रो हाफमा भयो ।

६८ औं मिनेटमा जिरउडले गोल गरे । फ्रान्सका लागि ८९ खेल खेलका उनको यो ३५ औं गोल हो । यससँगै उनले फ्रान्सका तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले गोल गरेपछि समूह एचमा रहेको फ्रान्सले दोस्रो जित निकालेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय