काठमाडौं । फवार्ड क्रिष्टियानो रोनाल्डा घाइते भएको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेलेको छ ।
युरो कप छनोटमा सर्बियाले पोर्चुगललाई १–१ को बराबरीमा रोकेको हो । घरेलु मैदानमा भएको खेलमा घाइते भएका रोनाल्डोले को ३१ औं मिनेटमा मैदान छाड्नु परेको थियो ।
त्यसअघि सातौं मिनेटमा नै सर्बियाले टाडिकको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
तर, ४२ औं मिनेटमा डानिलो परेराले बराबरी गोल गरे ।
शुक्रबार पोर्चुगलले युक्रेनसँग गोलरहित बराबरी खेलेको थियो । समूह बीमा रहेको पोर्चुगल २ अंकसहित तेस्रो स्थानमा छ भने युक्रेन ४ अंकसहित शीर्ष स्थामा छ ।
प्रतिक्रिया 4