Comments Add Comment

पर्यटन व्यवसायीले न्यून ब्याजदरमा सहजै ऋण पाउने

Tourist-Ta-KTM

९ फागुन, काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित पर्यटन पूर्वाधार तथा सेवाको पुनस्र्थापनाका लागि सहुलियत ब्याजमा ऋण दिने भएको छ । आइतबार सार्वजनिक गरिएको पुनर्निर्माण नीतिमा यस्तो सुविधा दिइएको हो ।

होटल, होम स्टे, पर्यटकीय लज, टुरिष्ट गाइड व्यवसायमा लागेका व्यक्ति तथा परिवारले सहुलियत ऋण सहज तरिकाले पाउने नीतिमा उल्लेख छ । पर्यटकीय पदमार्गको मर्मत सम्भार तथा पुनस्र्थापना र पर्यटकीय गन्तव्य स्थलमा आवश्यक पूर्वाधारको विकास गरिने बताइएको छ ।

जोखिमयूक्त गाउँमा आपतकालीन अवस्थाका लागि एक बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिने भएको छ । क्षतिग्रस्त सम्पदा क्षेत्रमा पर्यटकहरुलाई सुरक्षित तवरले दृष्यावलोकन गर्ने व्यवस्था मिलाइने छ ।

सरकारले पर्वतीय पर्यटनमा संलग्न भई भूकम्पका कारण बेरोजगार भएका मजदूरहरुलाई पुनस्र्थापना गर्न विभिन्न उपाय अवलम्बन गर्ने भएको छ ।

विमानस्थलमा भौगार्भिक अध्ययन गरिने

सरकारले विमानस्थल रहेका स्थानको भौगोलिक र भौगर्भिक अवस्थाको बारेमा विज्ञहरुबाट अध्ययन गराई सुधार गर्नुपर्ने देखिएमा तत्काल सुधार गर्ने जनाएको छ ।

विमानस्थलमा विपदको अवस्थामा राहत सामग्री भण्डारण गर्ने प्रयोजनका लागि आवश्यक क्षमताको गोदाम घरको व्यवस्था गरिने छ । पुनर्निर्माण गरिने बस्तीहरुमा खुल्ला क्षेत्रको व्यवस्था गर्दा एउटा गाउँपालिकामा न्यूनतम एउटा हेलिप्याडको निर्माण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment