Comments Add Comment

अर्का एक नक्कली डाक्टर पक्राउ

२१ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अस्पतालमा कार्यरत थप एकजना डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

Nakkali-Doctorकाठमाडौं थानकोट स्थाई ठेगाना भएका ४७ बर्षीय सुजितकुमार श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जिल्ला अस्पताल डोडीमा कार्यरत रहेको खुलेको छ । उनी डोटी अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत थिए ।

प्रहरीले नेपाल मेडिकल काउन्सिलसँगको समन्वयमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेकाहरुको अनुसन्धान गरिरहेको छ ।

यसअघि १२ जना नक्कली डाक्टरहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

पक्राउ परेका सबै अभियुक्तहरुलाई सरकारी छाप दस्तखत कीर्ते तथा नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment