Comments Add Comment

धनगढी क्रिकेट लिगमा युवा स्पिनर पन्थीको हृयाट्रिक

Aman-Panthi२५ फागुन, काठमाडौं । लेग स्पिनर अमन पन्थीको शानदार हृयाट्रिकको सहयोगमा टीम चौराहा धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको शिर्ष स्थानमा उक्लेको छ । जीतसँगै चौराहाको ४ अंक भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पस रोडले अमनको हृयाट्रिकको सहयोगमा खेलको अन्तिम बलमा सबै विकेट गुमाएर मात्र ७१ रन जोड्न सक्यो । धनगढी क्रिकेट लिगको इतिहाँसमा पहिलो हृयाट्रिक लिने क्रममा अमनले आठौं ओभरको तेस्रो बलमा चन्द्र सावँदलाई कटआउट गरे, त्यस्तै चौथो बलमा लोकेश बमलाई विकेट किपरबाट स्टम्पिङ गराए । पाँचौं बलमा ललितसिंह भण्डारीलाई बोल्ड गर्दै उनले हृयाट्रिक पुरा गरे ।

जारी प्रतियोगिमा उनले ६ विकेट लिइसकेका छन् । पहिलो खेलमा उनले ३ विकेट लिएका थिए । क्याम्पसरोडका लागि राजन शेरचनले २३ तथा सन्तोष भट्टले २२ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा अमनका अलावा सोनु तामांग र योगेन्द्र सिंह कार्कीले २/२ तथा किरणकुमार ठगुन्ना र भुवन कार्कीले समान १/१ विकेट हात पारे ।

७२ रनको लक्ष्य चौराहाले १५.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । ओपनर विपिन रावलले २४ रन बनाउँदा दिपेन्द्र थापाले २३ रन बनाउँदै दोस्रो जित पक्का गरे । भुवन कार्की र योगेन्द्र सिंह कार्की शुन्य रनमै आउँट हुदा केही सुस्ताएको चौराहाको पारीलाई युवा ब्याट्सम्यानहरुले सम्हालेका थिए ।

बलिंग तर्फ क्याम्पस रोडका सन्तोष भट्टले ३ विकेट लिए । उनले ४ ओभरमा एक मेडन राख्दै माड आठ रान दिए । यद्यपी क्याम्पसरोडले हारटार्न सकेन । जितसँगै दुई खेलबाट ४ अंक जोडेको चौराहा लिगो शीर्ष स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment