+
+

आइफोन ६ र ६ प्लसमा मा सेल अफर, १० हजारसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ३ गते १०:१४

Iphone 6 Final
काठमाडौं । नेपालका लागि एप्पलका उत्पादनहरुको आधिकारिक बिक्रेता ओलिज स्टोरले आइफोन ६ र ६ प्लसमा सेल अफर ल्याएको छ ।

जसअनुसार ८८ हजार रुपैयाँ मूल्य रहेको ६४ जीबीको आइफोन सिक्स अब १० हजार छुटसहित ७८ हजार रुपैयाँमा पाइने छ । यस्तै ९८ हजार रुपैयाँमा पर्ने १२८ जीबीको आइफोन सिक्स अब ८८ हजार रुपैयाँमै पाइने छ ।

आइफोन सिक्स गोल्ड ग्रे र सिल्भर गरी तीन रंगमा उपलब्ध छन् ।

यी फोनमा एक बर्षे अन्तराष्ट्रिय वारेन्टीसमेत रहेको र उल्लेखित मूल्य मूल्य अभिबृद्धि कर (भ्याट) सहित रहेको ओलिज स्टोर प्रबन्ध निर्देशक लोकेस ओलीले जानकारी दिए ।

Iphone 6 final 3

यसैगरी १६ जीबीको आइफोन सिक्स प्लस अब ७८ हजार रुपैयाँमै पाइने छ । यसअघि यसको मूल्य ८८ हजार रुपैयाँ रहेको थियो । आइफोन सिक्स प्लस भने सिल्भर कलरमा मात्र उपलब्ध छ ।

उपभोक्ताले यी फोन ओलिज स्टोरको बबरमहलस्थित सोरुममा वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । अनलाइनमार्फत् गरिएको अर्डरमा फ्रि होम डेलिभरीको सुविधासमेत रहेको प्रबन्ध निर्देशक ओलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?