Comments Add Comment

फोर्ब्सले लेख्यो: नेपाल घुम्न यो सही बेला

Namaste-Nepal-Intrepid-Travel३ चैत, काठमाडौं ।  अमेरिकाको चर्चित पत्रिकाले नेपाल घुम्न विश्वभरका पर्यटकहरुलाई प्रेरित गर्दै एउटा आलेख प्रकाशित गरेको छ । आलेखमा अहिले नै नेपाल घुम्न उपयुक्त बेला किन हो भन्ने तार्किक कारणहरु प्रस्तुत गरिएको छ । उक्त आलेखको भाव यस्तो छः

धेरै हदसम्म पर्यटनमा आश्रति देशलाई गत वैशाखमा गएको भुकम्पले निकै आहत तुल्यायो । भुकम्पपछिको पुनर्निमाण र नवनिर्माणको सरकारी गति कछुवाको भन्दा सुस्तरुपमा भइरहेको छ ।

नेपाल आउन चाहने वा नियमित आउने पर्यटकहरु भुकम्पले गर्दा हच्किएका छन् । यसले गर्दा पर्यटन क्षेत्रबाट गुजारा गर्नेहरुको रोजीरोटी संकटमा परेको छ । यसैबीच, एउटा ट्राभल कम्पनीले उदाहरणीय सुरुवात गरेको छ ।  उसले भूकम्पपीडितको सहयोगका लागि ठूलो योजना अगाडि ल्याएको छ ।

अहिलेदेखि आगामी मे महिनासम्म तपाईले नेपाल भ्रमणका लागि इन्ट्रेपिड ट्राभलमार्फत प्याकेज ‘बुक’ गर्नुभयो भने उक्त ट्राभलले त्यसबाट निस्कने नाफाको शतप्रतिशत रकम उसको गैरनाफामुखी संस्था इन्ट्रेपिड फाउन्डेसनमा जम्मा गर्छ । सो रकम भुकम्पपिडितहरुका लागि खर्च गरिनेछ  ।

गैरनाफामुखी भनिएका संस्थाहरुले कोषमा जम्मा भएकोमध्ये कति पैसा खर्च गर्छन् भन्नेमा धेरैलाई आशंका छ । तर इन्ट्रेपिड ट्राभलले प्रशासनिक खर्च कटाएर आएको जम्मा नाफाको शतप्रतिशत दान गर्ने जनाएकोउ छ । ‘फन्ड कलेक्सन’ का लागि यसले ‘नमस्ते नेपाल’को स्लोगन राखेको छ । यसले स्थानीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु जस्तै जस्ट वान नेपाल, सेभेन उमन, हिमालयन रेस्क्यु एशोसियसन, प्लान इन्टरनेशनल र विश्व बन्यजन्तु कोष लगायतसँग मिलेर काम गर्छ ।

इन्ट्रेपिड साहसिक पर्यटनमा आधारित टूर अपरेटर हो जसले साना-साना समुहमा पर्यटकहरुलाई विश्वभर घुमाउछ । यसले स्थानीय पथप्रदर्शकहरुसँग मिलेर १ सय मुलुकका १ हजारभन्दा बढि पर्यटकीय गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालमा थुप्रै जनता पर्यटनमा निर्भर छन् । पर्यटन उनीहरुको आम्दानीको मूख्य श्रोत रहेको अवस्थामा यतिबेलै किन नेपाल घुम्न जाने भन्ने प्रश्नको जवाफमा धेरै दिमाग खियाउनु नपर्ला । यद्यपि यसले पनि तपाईंलाई खासै उत्साही बनाउदैन भने नेपालमा इन्सेपिडका यी तीन टुर प्याकेजले भने पक्कै उत्साहीत बनाउने छ ।

रंगीन शहरहरु

काठमाडौंलाई सुरुदेखि अन्त्यसम्म विश्वकै एउटा रंगीन सहरको रुपमा तपाईँले पाउन सक्नुहुनेछ । त्यसपछि तपाई अर्काे रंगीन सहर पोखरा जान सक्नुहुनेछ । जुन पदयात्राका लागि सुरुवाती बिन्दू हो । त्यसका साथै तपाई हिमाली दृश्यका लागि बन्दिपुर, चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी तथा नेपालको पुरानो राजधानी भक्तपुरको अवलोकन गर्न सक्नुहुनेछ । ११ दिने यस भ्रमण प्याकेजमा तपाईलाई हवाईभाडा बाहेक २ हजार ५ सय ३५ अमेरिकी डलर लाग्छ ।

Nepal-Intrepid-Travel

चियापसलदेखि मन्दिरसम्म

नेपाली जीवनशैलीमा डुवुल्की मार्न, भिक्षुहरुसँग साक्षात्कार गर्न, साँझको समय चिया पसलमा बिताउन, मन्दरहरुको भ्रमण तथा हिमालय क्षेत्रको ट्रेकिङ गर्न यो प्याकेज उपलब्ध छ । यो चार दिने भ्रमणमा सुर्योदय, मनोरम दृश्यहरु तथा नेपालको अविस्मरणीय गन्तव्यको अनुभव संगाल्न सकिन्छ । यसका लागि चार दिनको भ्रमणमा ३ सय ६० अमेरिकी डलर खर्च लाग्छ ।

Inside-Out-Kathmandu-Intrepid-Travel-Tour

सगरमाथा आधार शिविर

तपाई सुरुवाती बिन्दूमा काठमाडौमा हुनुहुन्छ । सबैभन्दा पहिले तपाईले ट्रेकिङको न्युनतम प्रभावबारे काठमाडौं पर्यावरण शिक्षा परियोजनामा प्रशिक्षण लिनुहुनेछ । यसले तपाईलाई भ्रमणका क्रममा भएको मौसमी अवस्थाको बारेमा जानकारी गराउँछ । सगरमाथा आधार शिविरको लागि तपाई जब लुक्ला पुग्नुहुन्छ, अनि सुरुहुन्छ वास्तविक साहसिक चरण । यहाँबाट तपाई सात दिनको पदयात्रापछि सगरमाथा आधार शिविर पुगिन्छ । यो १५ दिने टि्रपमा हवाई भाडाबाहेक १ हजार ६ सय १५ अमेरिकी डलर लाग्नेछ ।

Gorak-Shep-Everest-Base-Camp-Intrepid-Travel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment