Comments Add Comment

यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता

Samjhauta

-तस्वीरः रोयटर्स

८ चैत, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा नेपाल र चीनबीच १० वटा सम्झौता भएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच सोमबार भेटवार्ता भएको थियो । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न तहमा हस्ताक्षर भएको छ ।

विभिन्न १० वटा सम्झौतापछि आजै अपरान्ह प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति भेटवार्ता हुँदैछ । भेटवार्ता सकिएपछि दुई देशका सरकार प्रमुखबाट संयुक्त विज्ञप्ति जारी हुने बेइजिङमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अनलाइनखबरलाई बताए ।

नेपाल र चीनवीच सम्पन्न १० वटा समझदारी यस्ता छन्ः

१. पारवहन सम्झौता

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् ।

नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ । यो सम्झौताबाट नेपालले तत्काल कुनै उलेख्य लाभ नलिए पनि दीर्घकालीन रुपमा महत्वपूर्ण छ ।

२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने

चीनले ३२ हजार घरधुरीलाई विद्युत पुग्ने गरी सोलार प्लान्ट जडान गरिदिने समझदारीमा पनि हस्ताक्षर भएको छ । यसमा भूकम्प पीडितहरुले प्राथमिकता पाउनेछन् ।

३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता

४. २५ प्रतिशत विना ब्याजको अनुदान

५. एक्जिम बैंकको ऋण

नेपाल र चीनबीच पोखरा विमानस्थल निर्माणबारे तीनवटा समझदारी भएका छन् । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता पहिलो विषय पोखरा विमानस्थल निर्माणसम्वन्धी छ । दोस्रोमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि चीन सरकारले बिना ब्याज २५ प्रतिशत ऋण उपलब्ध गराउने छ । बाँकी एक्जिम बैंकले उपलब्ध गराउने ऋणमा करिब २ प्रतिशतमात्रै ब्याज लाग्नेछ । विना ब्याजको रकम चीन सरकारले दिनेछ भने बाँकी ऋण त्यहाँको एक्जिम बैंकले उपलब्ध गराउनेछ ।

६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता

चीन र नेपालवीच विभिन्न वस्तुहरुको टे्रडमार्क दार्ता सम्बन्धी छुट्टै समझदारी भएको छ । यो समझदारी अनुसार दुबै देशमा आयात-निर्यात हुने वस्तुहरुको पेटेन्ट राइट निश्चित हुनेछ ।

७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी

नेपाल र चीनबीच नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्वन्धी समझदारीमा हस्ताक्षर भएको छ । यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।

८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता

नेपाल र चीनबीच भएको अर्को सम्झौता स्वतन्त्र व्यापारसम्वन्धी छ । यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।

९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता

नेपाल र चीनबीच बेङजिङमा भएको यो सम्झौतामा दुई देशका गभर्नरले हस्ताक्षर गरेका छन् । यस अन्तरगत दुई देशबीच वित्तीय नियमनको सूचना आदान-प्रदान हुनुका साथै एक अर्को देशमा बैंकको शाखा खोल्न बोटो खुलेको नेपालका गर्भनर चिरन्जिवी नेपालले अनलाइनखबरलाई जानकारी दिए ।

१०. हिल्सामा पुल निर्माण

अर्को सम्झौता हुल्लाको हिल्सामा पुल निर्माण गर्नेछ । यो पुल चीन सरकारले बनाइदिनेछ ।

यी पनि पढ्नुस्

नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर

बेइजिङमा नेपाल र चीनबीच १० वटा सम्झौता, बन्ने भो पोखरा विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment