Comments Add Comment

नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर

Nepal-China_flag८ चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन तथा सम्झौता भएको छ ।

बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सकमक्षी ली खछ्याङबीचको भेटवार्तापछि सम्झौता भएको हो । सम्झौता पत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् ।

पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा थियो । यो सम्झौतालाई नेपालको हितमा ऐतिहासिक मानिएको छ ।

चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता अन्त्य भएको छ ।

नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो ।

यो पनि पढ्नुस्

बेइजिङमा नेपाल र चीनबीच १० बुँदे सम्झौता, बन्ने भो पोखरा विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment