Comments Add Comment

होलीमा २५ जना पक्राउ, १५५ गाडी नियन्त्रणमा

holi 2072 (4)

  • फाइल तस्वीर

९ चैत, काठमाडौं । होलीको नाममा ट्राफिक नियम उल्लंघन गर्ने तथा जथाभावी लोला हान्नेविरुद्ध प्रहरी र ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएका छन् । काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर बसेको ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले नियम उंलघन गर्ने र जबरजस्ति लोला हान्नेविरुद्ध कारबाही जारी राखेको छ ।

प्रहरीका अनुसार मध्यान्ह १२ बजेसम्म १२ महिला र १३ पुरुष गरी २५ जनालाई पक्राउ गरेको छ । १ सय ५५ सवारी साधनहरुलाई नियन्त्रणमा पनि लिइएको छ ।

विशेष गरी तीनजना चढेका मोटरसाइकल, साइलेन्सर नै विगारेर चर्को आवाजमा मोटरसाइकल चलाउने चालक, गाडीमा क्षमताभन्दा बढी यात्रु बोक्नेहरू तथा केहि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरु कारबाहीमा परेका छन् ।

काठमाडौंका विभिन्न प्रहरी तथा ट्राफिक कार्यालयहरुलाई कारबाहीमा परेर कागजपत्र लिन जानेहरुको लाइन लागेको छ ।

दवारमार्ग, सोह्रखुट्टे, बालाजु, महाराजगंज लगाएतका क्षेत्रमा बढी चालकहरु कारब्ाहीमा परेका प्रहरीले जनाएको छ । त्यस्तै टोलमा होहल्ला गर्ने र जबरजस्ति लोला हान्नेहरुलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ । कसैको इच्छाविपरित रंग, लोला हान्नेहरुलाई सार्बजनिक अपराधको मुद्धा चलाउने प्रहरीले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment