Comments Add Comment

ब्रसेल्समा भएका बिष्फोटका घटनामा १३ जनाको मृत्यु

brusssels-attack-final
९ चैत, काठमाडौं । बेल्जिेयिमको ब्रेसेल्सस्थित जेभेन्टम विमानस्थल र स्थानीय मेट्रो स्टेशनमा भएको बम आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । विमानस्थलमा भएको बिष्फोटलगत्तै मेट्रो स्टेशनमा पनि आक्रमण भएको थियो ।

बिमानस्थलको एक टर्मिनलबाट अहिलेपनि धुँवा निस्किरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिमानस्थलवाट सर्बसाधरणलाई बाहिर ल्याउन सुरक्षाकर्मीले उद्दार कार्य जारी राखेका छन्।

बिमानस्थलको प्रस्थान टर्मिनलमा घटना भएको समाचारहरुमा उल्लेख छ । घटनामा मृत्यु भएकाको एकीन संख्या अझै बेल्जियम सरकारले सार्वजनिक गरेको छैन ।

brusseles attcak
पेरिस हमलाका मुख्य योजनाकार मानिएका सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौंथो दिनमै विमानस्थलमा बिष्फोट भएको हो ।

अहिले बिमानस्थललाई खाली गराइएकाे छ भने उडान तथा अवतरण बन्द गरिएको छ । त्यहाँ आवागमनमा पनि रोक लगाइएको छ ।

घटनापछि विमानस्थलमा रहेका यात्रुहरुले सिसा फुटेका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

बेल्जियमस्थित नेपालीहरुले अनलाईनखबरसँग कुराकानी गर्दै घटनामा कोही नेपाली हताहत भएको खबर नअाएको बताएका छन् । तर केहि त्रासको वाताबरण भने सृजना भएको उनीहरु बताउँछन्। घटनाबारे पूर्ण विवरण आइनसकेकाले अझै ढुक्क हुने अबस्था भने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment