Comments Add Comment

भारतमा पाँच विमानमा बमको हल्ला

९ चैत, काठमाडौं । भारतको नयाँदिल्लीमा पाँचवटा बिमानमा बम राखिएको हल्ला फैलिएपछि दिल्लीबासी त्रसित भएका छन् ।

Dellhi-High-Alertबेल्जियमको राजधानी ब्रसेल्स विमानस्थलमा बम विष्फोट भएलगत्तै भारतमा जेट एयरवेजका बिमान बम राखिएको हल्ला फैलिएको थियो ।

बमको हल्लापछि नयाँदिल्लीमा ‘हाई अलर्ट’ जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानस्थल क्षेत्रलाई शिलबन्दी गरेर अनुसन्धान जारी राखिएको दिल्ली प्रहरीले जनाएको छ ।

विमानमा बम राखिएको भनेर अज्ञात स्थलबाट अज्ञात व्यक्तिले फोन गरेको थियो । जेट एयरवेजको यी सबै उडानको समय मंगलबार अपरान्ह चारदेखि पाँच बजेको बीचमा थियो । त्यसमध्ये चार बिमान अवतरण गरिसकेका छन् भने एक विमान चेन्नाइमा अवतरण गर्दैछ ।

देहरादून एयरपोर्ट खाली गराइयो

यसैबीच जेट एयरवेजको मुम्बई-देहरादून उडानमा बम भएको हल्ला फैलिएपछि देहरादूनस्थित जोली ग्रान्ट विमानस्थल खालि गराइएको छ । सुरक्षाकर्मीहरुले सबै यात्री र कर्मचारीहरुलाई सुरक्षित स्थानमा पुर्‍याएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment