Comments Add Comment

रसेलको अविश्वसनीय ब्याटिङसँगै कोलकत्ताको जित

काठमाडौं । आन्द्रे रसेलको अविश्वसनीय ब्याटिङसँगै आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ६ विकेटको रोमाञ्चक जित हाच पारेको छ ।

सनराइजर्सले दिएको १८२ रनको लक्ष्य कोलकत्ताले अन्तिम २ बल बाँकी छँदा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

उसलाई अन्तिम तीन ओभरमा ५३ रन चाहिएको थियो । आन्द्रे रसेलले आक्रामक पारी खेल्दै टोलीलाई जिताए ।

१८ औं ओभरमा दुई छक्का र एक चौका हानेका उनले १९ औं ओभरमा दुई छक्का र दुई चौका हाने । अब अन्तिम ओभरमा कोलकत्तालाई १३ रन चाहियो । सकिब अल हलनले पहिलो बल वाइड फाले भने अर्को बलमा रेसलले एक रन मात्र लिए ।

तर, दोस्रो बलमा छक्का हानेका शुभमन गिलले चौथो बलमा अर्को छक्का हान्दै कोलकत्तालाई जिताए । १९ बलको सामाना गरेका रसेल मात्र एक रनले अर्धशतक बनाउन चुके ।

कोलकत्ताका नितिश रानाले ६८ रन बनाए भने रोविन उथप्पाले ३५ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसको सुरुवात निकै राम्रो थियो । डेभिड वार्नर र जोनी बेयररस्टोले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरे । जोनी ३९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट हुनुअघि वार्नरले ८५ रन बनाएका थिए ।

विजय शंकर ४० रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment