
१० चैत, काठमाडौं । विहारमा सीपीआई (माले)ले बेगूसराय सिटमा सीपीआईका सम्भावित उम्मेदवार कन्हैयाकुमारलाई समर्थन गर्ने घोषणा गरेको छ ।
बेगूसरायमा शनिबार सीपीआईको स्टेट क्याबिनेटको बैठक बसेको थियो, जसमा प्रदेश सचिव सत्यनारायण सिंहसहितका नेताहरु थिए । बैठक ५ घन्टासम्म चलेको थियो ।
बैठकबाट कन्हैयाकुमारलाई नै सीपीआईले आफ्नो उम्मेदवार बनाउने पक्का भएको छ । उनलाई वाम पार्टी सीपीआई (माले) र अन्य सीपीएमले समर्थन गर्नेछन् ।
अब प्रष्ट भएको छ, एनडीएका उम्मेदवार गिरिराज सिंहको सामाना कन्हैयाकुमारले गर्नेछन् । गिरिराज ‘कट्टर मोदी समर्थक’ हुन् भने कन्हैयाकुमार ‘घोर मोदीविरोधी’ । गिरिराज हिन्दु राष्ट्रवादको कुरा गर्छन् र विरोधीहरुलाई पाकिस्तान पठाउनुपर्ने मत राख्छन् भने कन्हैयाकुमारलाई देशद्रोहको आरोप लागेको छ र उनी सत्ता पक्षलाई फाँसीवादी शक्ति मान्छन् ।
यी दुईको प्रतिस्पर्धाले बेगूसराय भारतको लोकसभा चुनावमा हट सिट हुने पक्का भएको छ ।
यो क्षेत्र वामपन्थी गढ हो । विहार विधानसभाका पहिलो कम्युनिस्ट विधायक पनि यही क्षेत्रबाट चुनिएका हुन् । तर, पछिल्लो समय वामपन्थीको पकड कमजोर भएको छ ।
प्रतिक्रिया 4