Comments Add Comment

दीपक र दीपा फिल्ममै ब्यस्त, ‘तीतो सत्य’ तत्काल आउँदैन

deepak & dipa

काठमाडौं । चलचित्र ‘छक्का पन्जा’ को सुटिङमा ब्यस्त दीपकराज गिरिले तत्काल ‘तीतो सत्य’ प्रशारण नहुने बताएका छन् । अबको केही समय दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’ मै ब्यस्त हुने भएपछि तत्काल ‘तीतो सत्य’ प्रशारणको सम्भावना टरेको हो ।

‘यहि फिल्मलाई सुन्दर बनाउने अभियानमा छौं । अहिले तीतो सत्यको विषयमा कुनै छलफल भएको छैन ।’ अनलाइनखबरसँग कुरा गर्दै दीपकराजले भने ।

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको तीतो सत्य नौ महिनाअघि बन्द भएको थियो । ‘तत्कालीन समयमा ‘तीतोसत्य -२’ लिएर आउने सामान्य सल्लाह भए पनि त्यसपछि कुनै कुरा भएको छैन । तीतो सत्यका निर्देशक गिरिले भने ‘नौ महिना भयो मैले तीतो सत्यको कुनै काम गरेको छैन ।’

दर्शकले राम्रो मान्दा मान्दै ‘तीतो सत्य’ बन्द भएकोमा सन्तुष्ट छन् दीपकराज । उनी भन्छन् ‘तीतो सत्यलाई दर्शकले राम्रो मानेका थिए । त्यसकारण अब बन्ने सिरियल त्यो भन्दा राम्रो हुनुपर्छ । राम्रो काम हतारमा सम्भव हुन्न ।’

ब्रेकफेल सुरु, मेरी बास्सै र भद्रगोल पनि फर्किए

यसैबीच, हाँस्य श्रृङ्खला मेरी बास्सै र भद्रगोलको पूनः प्रशारण सुरु भएको छ भने नयाँ सिरियल ब्रेक फेलको पनि प्रशारण सुरु भएको छ । मेरी बास्सै र भद्रगोलमा पुरानै टिम दोहोरिएको छ । छोड्ने भने पनि धुर्मुस र सुन्तली फेरि मेरीबास्सैमा फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment