Comments Add Comment

राप्रपा नेपालद्वारा सहअध्यक्ष केशबहादुर विष्टलाई निलम्बन

Kesharbahaur-Bist

१९ चैत, काठमाडौं । राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टलाई पार्टीबाट निलम्बन गरेको छ ।

वीरगञ्जमा चलिरहेको केन्द्रीय कार्यसमितिको बैठकले विष्टलाई तीन वर्षका लागि साधारण सदस्यबाट समेत निलम्बन गरेको हो । ‘पार्टी हित विपरित काम गरेकाले अनुशासन समितिको सिफारिस अनुसार उहाँलाई निलम्बन गरिएको हो’ सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने ।

विष्ट वीरगञ्ज बैठकमा सहभागी भएका छैनन् । वैठकको पूर्व संध्यामा विष्टले विज्ञप्ति निकालेर पार्टी सरकारबाट फिर्ता हुने पर्ने माग गरेका थिए ।

उनले अध्यक्ष कमल थापामाथि संविधानलाई उत्कृष्ट भनेर पार्टीलाई मत दिने मतदाताको अपमान गरेको, पार्टीमा एकलौटी गरेको लगायतका पाँच आरोप लगाएका थिए ।

उनले संविधानको नाम र वहानामा समर्थन गर्ने र सपथ खाने काम गर्न नहुने बताएका थिए । तर, विष्टकै छोरा कमल थापाको नेतृत्वमा सरकारमा गएका छन् र विराज विष्ट सहायक राज्यमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment