+
+

तामाकोसीले बगाउँदा एकै परिवारका २ बालकको मृत्यु

१९ चैत, रामेछाप । रामेछापको खिम्ति गाविसस्थित तामाकोसी नदीले बगाउँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।

खिम्ति गाविस १ को माख्लो बजार नजिकैको तामाकोसी नदीको घाटमा नुहाउन गएका १६ वर्षका मिनबहादुर कार्की र उनका भाइ १४ वर्षका कमलको नदीले बगाएर मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १९ गते १८:५१

नवराज पथिक

१९ चैत, रामेछाप । रामेछापको खिम्ति गाविसस्थित तामाकोसी नदीले बगाउँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।

खिम्ति गाविस १ को माख्लो बजार नजिकैको तामाकोसी नदीको घाटमा नुहाउन गएका १६ वर्षका मिनबहादुर कार्की र उनका भाइ १४ वर्षका कमलको नदीले बगाएर मृत्यु भएको हो ।

स्थानीय शिक्षक गणेश दाहालका अनुसार खिम्तिको तामाकोसी जनजागृति उमाविमा कक्षा ९ मा अध्ययनरत दाजुभाइ वाषिर्क परीक्षा सकेर नुहाउन नदीमा गएका थिए । दिउँसो २ः३० बजे परीक्षा सकेका उनीहरु ३ः३० बजेतिर नुहाउन नदीमा गएका थिए ।

नुहाउने क्रममा चिप्लिएर भाइ कमल नदीमा परेपछि उनलाई बचाउन गएका दाजुलाई समेत बगाएको छ । नदीले बगाएका मध्ये एकको शव घटनास्थलभन्दा करिव ५० मिटर तल फेला परेको छ भने अर्काको शव नुहाउन गएकै ठाउँमा नदीले बनाएको दहमा फेला परेको शिक्षक दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?