Comments Add Comment

‘रामप्यारी’ लेखकको बुझाइमा रेखा असल निर्माता

jagdishwaor thapa copy

काठमाडौं । जगदीश्वर थापाले लेखेका तीन फिल्ममा अभिनय गरेकी छिन्, रेखा थापाले । थापाकै लेखन रहेको दुई फिल्ममा अभिनय गरेपछि रेखा यति प्रभावित भइन्, आफ्नो फिल्म ‘रामप्यारी’ लेखनको जिम्मा उनैलाई लगाइन् ।

अरुभन्दा फरक छ, जगदीश्वरको शैली । निर्देशकको कुरा सुन्छन् र उनीहरूको आसयअनुसारको स्त्रिmप्ट तयार गरिदिन्छन्, तर निर्देशकलाई अनावश्यक हस्तक्षेप गर्न दिन्नन् । ‘पहिला उनीहरूको कुरा सुन्छु अनि लेख्छु । तर, अनावश्यक हस्तक्षेप गर्न दिन्नँ,’ जगदीश्वरले अनलाइनखबरसँग भने ।

उनको यो शैली रेखालाई पनि मन परेको रहेछ । त्यसो त अन्य निर्माताको तुलनामा रेखालाई व्यावसायिक सोच भएकी नायिकाको रूपमा व्याख्या गरेका छन् उनले । जगदीश्वर भन्छन्, ‘कुन दृश्यमा कस्तो अभिनय गर्नुपर्छदेखि नेपाली दर्शक के चाहन्छन् भन्नेमा समेत सचेत छिन् रेखा ।’

एक दशकदेखि स्त्रिmप्ट लेखनमा सक्रिय थापा नेपाली फिल्म मौलिक हुनुपर्छ भन्ने मान्यता राख्छन् । यति हुँदाहुँदै पनि लेखक भनेको केवल एउटा टुल्स मात्रै हो । फिल्म कस्तो बनाउने अन्तिम निर्णय निर्देशककै हुन्छ ।

उनको अनुभवले भन्छ । पछिल्लो समय नेपाली लेखकलाई केही सजिलो भएको छ । उनलाई लाग्छ, अहिले नेपालमा तीन किसिमका फिल्म मन पराउने दर्शक छन् ।

एकथरीले रियलिस्टिक सिनेमा मन पराउँछन्, जहाँ मनोरञ्जनभन्दा धेरै कलाको स्थान हुन्छ । अर्कोथरीले ग्लामर्स सिनेमा मन पराउँछन् भने, फेन्टासी सिनेमा हेरेर मनोरञ्जन लिने दर्शक पनि छन् । त्यहीअनुसार निर्देशकले फिल्म बनाएका छन् ।

दर्शकहरूको वर्ग विभाजन भएपछि लेखक/निर्देशकलाई धेरै सजिलो भएको उनको बुझाइ छ । ‘अब पहिलाजस्तो कन्फ्युजन छैन । कुन वर्गका लागि सिनेमा बनाउने हो निर्देशक समेत स्पष्ट भएर अघि बढ्न सक्छन्,’ उनले भने ।

कुनै बेला यस्तो पनि थियो । कसका लागि फिल्म बनाउने निर्देशक अन्योलमा हुन्थ्यो, त्यही अन्योलता र अनुमानको भरमा लेखकले लेख्थ्यो भने कलाकारले पनि अन्योलतामै काम गर्थे । जगदीश्वर हाँस्दै भन्छन्, ‘अन्तिममा एउटा सिनेमा एउटा अन्योलको प्याकेज बन्थ्यो ।’

त्यस अर्थमा अहिले सजिलो छ । दर्शकहरू पनि तीन भागमा विभाजित छन् । कुन वर्गका दर्शकलाई हेराउने हो, तिनका चाहनालाई पूरा गर्ने योजना बनाए पुग्छ ।

राम्रा फिल्मका लागि ६ महिना कुर्छन् दर्शक

हरेक हप्ता तिनदेखि पाँच वटासम्म फिल्म रिलिज हुन्छन् । तीमध्ये सफल सिनेमाको संख्या निकै थोरै हुन्छ । यी लेखकको बुझाइमा दर्शकहरू यति बाठा भइसके उनीहरू प्रोमो हेरेकै भरमा कुन फिल्म कस्तो छ भन्ने भेउ पाउँछन् । ‘राम्रो फिल्मका लागि नेपाली दर्शक ६ महिना कुर्न तयार हुन्छन् । तर, कमजोर फिल्म हेर्दैनन्,’ उनले भने ।

त्यसो हुुनुमा हलको दररेटले पनि प्रभाव पारेजस्तो लाग्छ उनलाई । अहिले सिनेमा हलमा गएर फिल्म हेर्दा दुईजनाका लागि सामान्य खर्च गर्दा पनि एक हजार खर्च हुन्छ । आमनेपाली फिल्मप्रेमी दर्शक प्रत्येक हप्ता एक हजार खर्च गरेर फिल्म हेर्ने हैसियत राख्दैनन् ।

६ फिटको बाकसमा र्फकनेको कथा

फिल्म लेखनको अतिरिक्त केही डकुमेन्ट्रीको निर्देशन गरेका जगदीश्वर थापाले आफ्नै निर्देशनमा फिचर फिल्म बनाएका छन्- ६ फिटको जिन्दगी । आफ्नो सिनेमाले मनोरञ्जन दिन कन्ज्युस्याइँ गरेको लुकाउँदैनन् उनी । भन्छन्, ‘यो फिल्म मनोरञ्जन हैन समाजमा सन्देश प्रवाहका लागि बनाएको हुँ ।’

सुनौलो सपना पालेर वैदेशिक रोजगारीमा गएका तर, अन्तिममा ६ फिटको बाक्साभित्र निदाएर फर्किन विवशहरूको कथा पेस गरेका छन् उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment