Comments Add Comment

कांग्रेस संसदीय दल कार्यसमितिका लागि ४२ जनाको उम्मेदवारी (नामावलीसहित)

Congress samsasdiya dal

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसको २२ सदस्यीय संसदीय दल कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा ४२ जनाको मनोनयन दर्ता भएको छ । शुक्रबार हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुको प्रथम नामावली प्रकाशित भएको छ ।

संसदीय दल कार्यसमितिमा सात प्रदेशबाट सात जना, जनजाति चार, मधेसी तीन, खस आर्य तीन, दलित दुई तथा मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट एक-एक जनाका लागि शुक्रबार निर्वाचन हुँदैछ ।

क-कसले दिए उम्मेदवारी ?

एक नम्बर प्रदेशबाट दीपक खड्का र तारामान गुरुङ, दुई नम्बर प्रदेशबाट प्रेमकिशोर प्रसाद साह तेली र तेजुलाल चौधरी, तीन नम्बर प्रदेशबाट ध्यानगोविन्द रंजित र रामेश्वर प्रसाद ढुंगेलको उम्मेदवारी परेको छ ।

यसैगरी चार नम्बर प्रदेशबाट कमलप्रसाद पंगेनी र रामचन्द्र पोख्रेल, पाँच नम्बर प्रदेशबाट विक्रम खनाल र सन्जयकुमार गौतम, छ नम्बर प्रदेशबाट तप्तबहादुर विष्ट र रिता शाही तथा ७ नम्बर प्रदेशबाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

मधेसी महिलातर्फ दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । रश्मी ठाकुर, प्रमिलादेवी दास र कविता कुमारी सरदारको उम्मेदवारी परेको हो ।

मधेसी पुरुषतर्फ एक पदका लागि रामअयोध्याप्रसाद यादव र लालबाबु सिंह भुइँहारको उम्मेदवारी दर्ता भएको छ ।

दलित महिला एक पदका लागि आशा विक र कल्पना सोबको उम्मेदवारी परेको छ । दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्कबहादुर बस्यालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

आदिवासी जनजातितर्फ चार पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । २ महिला र २ पुरुषका लागि चार-चार जनाले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिने पुरुषहरुमा आङटावा शेर्पा, तिर्थबहादुर लामा, झुलबहादुर आले र कन्चनचन्द्र वादे छन् । यसैगरी महिलातर्फ ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाको उम्मेदवारी परेको छ ।

यसैगरी खस आर्य महिला तर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र शारदा पौडेलले उम्मेदवारी दिएका छन् ।

खस आर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भण्डारी र राजेन्द्रकुमार केसीको उम्मेदवारी परेको छ ।

थारु एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिम एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकीको उम्मेदवारी परेको छ ।

पिछडिएको क्षेत्रबाट राजीवविक्रम निर्विरोध

पिछडिएको क्षेत्र एक पदका लागि राजीवविक्रम शाहको मात्र उम्मेदवारी परेको छ । उनीविरूद्ध दावी विरोध नपरे निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिने छ ।

कार्यसमिति चयनका लागि शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्म मतदान हुनेछ ।

संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक र नौ जना कार्यसमिति सदस्य संसदीय दलका नेताले मनोनयन गर्ने व्यवस्था छ ।

बुधबार संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

संसदीय दल कार्यसमितिका उम्मेदवारहरु नामावली हेर्नुस्

congress-3

congress-2

congress-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment