Comments Add Comment

सशस्त्रको कार्यक्रममा प्रहरी प्रमुख अतिथि, मिलेर अघि बढ्ने प्रतिवद्धता

police-and-APF

२६ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दुर्जकुमार राईले दुबै संगठनको उद्देश्य शान्ति सुव्यवस्था कायम राख्ने भएको भन्दै मिलेर अघि बढ्ने बताएका छन् ।

शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित आठौं सहवीर स्मृती खुल्ला लनटेनिसको समापन कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई प्रमुख अतिथि बनाइएको थियो । सशस्त्र प्रहरीले आफुलाई व्यक्तिगत रुपमा मात्रै सम्मानको रुपमा नलिई नेपाल प्रहरी प्रतिकै सौहार्दताको रुपमा आफूले लिएको प्रहरी प्रमुख अर्यालले बताए ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अनुहार दुईवटा होला, तर समग्र उद्धेश्य एउटै छ’ महानिरीक्षक अर्यालले भने- ‘चिन्ह, रुप र नाममा दुई रुप भएपनि उद्धेश्य एउटै भएकोले शान्ति सुरक्षा कार्यमा दुवै संगठनको भावना सधै एक रहनुपर्छ ।’ उनले सामुहिक भावनाको लागि नेपाल प्रहरीको तर्फबाट वचनवद्धता दोहोर्‍याएका छन् ।

सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दुर्जकुमार राईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामुहिक प्रयासका साथ शान्ति सुरक्षा कार्यमा योगदान पुर्‍याइरहने प्रतिवद्धता व्यक्त गरे ।

दुवै संगठनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै उनले अर्याल र आफु एकै व्याचका भएका कारण पनि सांगठानिक जिम्मेवारी निर्वाहमा ज्यादै सहजता रहेको बताए । ‘एक सिक्काको दुई पाटाको रुपमा रहेको प्रहरी र सशस्त्र प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा सधै मिलेर योगदान पुर्‍याई रहने छ’ महानिरीक्षक राईले भनेका छन् ।

दुवै जनाले जसरी टीमको भावना हुन्छ, त्यसैगरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा समेत दुवै संगठनको भावना एउटै हुने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment