+
+

खोटाङ र डोटीका दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते १२:०९

१ वैशाख, काठमाडौं ।  नेपाली कांग्रेसले खोटाङ र डोटीमा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दुवै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

Congress-Flag‘यो संवेदनशील घडीमा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार खोटाङको दिक्तेलबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस बर्खेटारमा दुर्घटना हुँदा २४ जनाको मृत्यु र दर्जनौँभन्दा बढी घाइते भएका थिए भने सोही राति डोटीको जिजोडामाण्डौ गाविसमा भएको जिप दुर्घटनामा छ जनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएका थिए ।

विज्ञप्तिमा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । यो वर्ष मात्र दुई हजारभन्दा बढी व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

कांग्रेसले सवारी सचेतना, बाटोको स्तरोन्नति तथा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थाका साथ आगामी दिनमा यस्ता घटनामा कमी ल्याउन आवश्यक कदम चाल्न सरकार र संवद्ध सबै पक्षसँग अनुरोध गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?