Comments Add Comment

मैले जय नेपाल भन्दा सबैलाई मन पर्छः गच्छदार

Bijay-Gachhadar

१ वैशाख, पोखरा । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू मधेस र मधेसी जनताविरुद्ध नलागेको बताएका छन् । तर, उनले आफू एक मधेस एक प्रदेशको पक्षमा नरहेको प्रष्ट पनि पारे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास समारोहलाई सम्बोधन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले एक मधेस एक प्रदेशको माग सम्बोधन गर्न नसकिने प्रष्ट पारेका हुन् । उनले नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको तथ्य बुझ्न आग्रह गर्दै नेपालबाट तराई बिखण्डन हुनै नसक्ने बताए ।

मधेसमा आन्दोलन गरिरहेका पार्टीहरुले आफूलाई पहाडेहरुसँग पछि लागेर मधेसको विरुद्धमा लागेको आरोप लगाए पनि समग्र नेपालको हितका लागि आफू अभियानमा रहेको उनले प्रष्ट पारे ।

सम्बोधनको अन्त्यमा जय नेपालको नारा लगाएका उनले भने- ‘मैले जय मधेस भन्दा यहाँ कसैलाई मन पर्दैन तर जय नेपाल भन्दा सबैले अपनत्व महसुस गर्छन् ।’ जय नेपाल कांग्रेसको मात्र नारा नभइकन सबै नेपालीको नारा भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment