२ वैशाख, काठमाडौं । रोहित शर्माको कप्तानी पारीको मदतमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।
जितका लागि पाएको १८८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको पहिलो बलमा भेट्टायो । शर्मा ८४ रनमा अविजित रहे भने जेस बट्लरले ४१ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । कोलकत्ताका गौतम गाम्भीर ६४ रन बनाए भने मािस पाण्डेले ५२ रन जाडे ।
आन्द्रे रसेलले ३६ रनको योगदान दिए ।
प्रतिक्रिया 4