Comments Add Comment

साँढे भेट्टाउनेलाई ८० हजार पुरस्कार, पुलिसले पनि खोज्दै

Bull

कहिलेकाहीँ सहरका धनीमानीहरुले घरमा पालेको महंगो कुकुर हराएपछि कुकुर खोज्नका लागि पत्रिकाहरुमा विज्ञापन नै गरेर फेला पार्नेलाई नगद पुरस्कारको घोषणा नै गर्ने गरेको त हामीले पढेकै छौँ ।

भारतमा भने कुकर मात्र होइन साँढे भेट्टाउनेले पनि पुरस्कार पाउने भएका छन् ।

भारतको वाराणसीका एक किसानले आफ्नो हराएको साँढे भेट्टाएर बुझाउनेलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेका छन् ।

उनले आफ्नो हराएको साँढेको तस्वीर तथा उसका पूरै हुलियाहरुको विवरण सहितको पोष्टर समेत सहरमा टाँसेका छन् । उक्त पोष्टरमै साँढे भेटाउनेलाई पुरस्कार दिइने उल्लेख छ ।

साँढेका मालिक मनोज पाण्डेले आफ्नो बादशाह नाम गरेको साँढे हराएको निवेदन स्थानीय सारनाथ पुलिस चौकीमा दर्ता गराइसकेका छन् । तिन वर्षको उक्त साँढे एक हप्ता पहिले हराएको हो ।

जति खोज्दा पनि साँढे फेला नपरेपछि उनले पुलिस चौकीमा निवेदन दर्ता गरी साँढे फेला पार्नेलाई पुरस्कार दिने घोषणा सहितको सचित्र पोष्टर सहरका भित्ताहरुमा टाँसेका हुन् ।

सारनाथ पुलिस चौकीका प्रहरी प्रमुखका अनुसार मनोज पाण्डेले आफ्नो साँढे हराएको निवेदन चौकीमा दर्ता गरेका छन् र पुलिसले साँढेको खोजी सुरु गरिसकेको छ ।

पुलिसको खोज्मिा भर गर्न नसकेका मनोजले आफ्नो परिवारको सदस्यजस्तै माया गरिराखेको साँढेको खोजीका लागि पुरस्कार सहितको प्रयास अघि बढाएका हुन् ।

यदि कोही चोरले मासुका लागि बेच्न उक्त साँढे चोरेको भए यति धेरै पैसा हात पारेपछि साँढे अवश्य फर्काउँछ भन्ने आशा उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment