+
+
Shares

नयाँ इथ्नोग्राफी लेखन पुरस्कार वितरण

सामाजिक विज्ञान क्षेत्रमा गुणस्तरीय र वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा देशभरका लेखकहरूबाट छानिएका उत्कृष्ट सामग्रीलाई पुरस्कृत गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दी ओपन इन्स्टिच्युट फर सोसल साइन्सले 'इथ्नोग्राफी लेखन पुरस्कार' वितरण गरेको छ।
  • श्रीषा बिष्टको लेखले प्रथम स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार जितेको छ।
  • प्रतियोगितामा प्राप्त लेखहरूलाई अन्तर्राष्ट्रिय निर्णायक मण्डलले मूल्यांकन गरी तीन उत्कृष्ट कृतिहरू छनोट गरेको थियो।

जेठ १,काठमाडौं । दी ओपन इन्स्टिच्युट फर सोसल साइन्स ले ‘इथ्नोग्राफी लेखन पुरस्कार’ वितरण गरेको छ । सामाजिक विज्ञान क्षेत्रमा गुणस्तरीय र वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा देशभरका लेखकहरूबाट छानिएका उत्कृष्ट सामग्रीलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा श्रीषा बिष्टको ‘शहरी अनौपचारिक बस्तीमा विद्यालयबाहिर रहेका बालबालिकाको दैनिक जीवन संसार’ शीर्षकको लेखले प्रथम स्थान हासिल गर्दै एक लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।

त्यस्तै, छिरिङ्ग छोल्मो गुरुङको ‘फूलमायाले कहिल्यै नखोलेको ढोका’ ले दोस्रो र युक्ता सुनुवारको ‘सहानुभूतिको विच्छेदनभित्र फस्टाउँदै’ शीर्षकका लेखले तृतिय स्थान हासिल गर्दै जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

हरेक वर्ष सयौं नेपाली विद्यार्थी उच्च शिक्षा र अवसरको खोजीमा विदेशिने क्रममा ठूलो मात्रामा मुद्रा बाहिरिने अवस्थालाई मध्यनजर गर्दै संस्थाले विगत सात वर्षदेखि नेपालमै अन्तर्राष्ट्रिय स्तरको पठनपाठन सञ्चालन गर्दै आएको छ । सोही प्रयासलाई थप सुदृढ बनाउन नयाँ इथ्नोग्राफी लेखन प्रतियोगिता सुरु गरिएको संस्थाले जनाएको छ।

प्रतियोगितामा प्राप्त लेखहरूलाई अन्तर्राष्ट्रिय स्तरको निर्णायक मण्डलले मूल्यांकन गरी तीन उत्कृष्ट कृतिहरू छनोट गरेको थियो ।

कार्यक्रममा प्रमुख वक्ता डा. मुक्तासिं लामा ले यस्तो प्रकारको पुरस्कारले सामाजिक विज्ञानको क्षेत्रमा नयाँ बहस र अनुसन्धानको वातावरण सिर्जना गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?