Comments Add Comment

लागूऔषध एमफेटामाइनसहित २ जना पक्राउ

Amphetamines२ वैशाख, काठमाडौं । लागूऔषध एमफेटामाइनसहित २ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ सत्यदेवीका नेत्र गुरुङ र चित्र गुरुङ छन् । उनीहरुको साथबाट ३०२ ग्राम एमफेटामाइन बरामद भएको छ । यसको मूल्य ९० लाख भन्दा बढी पर्ने नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

उनीहरुले यो लागू औषध थाइल्याण्डबाट फिलिपिन्सको बाटो हुँदै विभिन्न देशमा पुर्‍याउने गरेको खुलेको छ । एक खेप गरे वापत उनीहरुले ६ हजार डलर पाउनेछन् ।

लागू औषध तस्करी गर्ने मुख्य व्यक्ति भने पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment