Comments Add Comment

टिकट किन्ने पैसा नहुँदा लेबनानमा महिला अलपत्र

३ वैशाख, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १८ फूलबारी ‘डी’ गाउँकी २७ वषर्ीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ।

plane-hi११ वर्षको छोरा राहुल र घरपरिवार छाडेर गएकी सावित्रीले लेबनान गएरा राम्रो कमाउन त सकिनन् नै, स्वदेश फर्किन पनि असमर्थ भएकी आजको राजधानी दैनिकले जनाएको छ ।

उनलाई गाउँकै चिनजानका ईश्वर लामाले लेबनान पठाएका थिए ।  राम्रो कमाई हुने प्रलोभन दिएर उनले सावित्रीलार्य लेबनानस्थित बेरुतको मुसाहमुद गाउँमा पठाएको उनी आमा मायाले बताइन् ।  ‘चिनजानको मान्छेले धोका देला भन्ने कल्पना पनि गरिएन, मायाले भनिन्,’तर अहिले छोरी घरकी न घाटकी भएकी छन् ।’

उनी एक वर्षअघि नमस्ते स्माइल कम्पनीमार्फत काठमाडौंबाट लेबनान उडेकी थिइन् । उनका बुबा मानबहादुरका अनुसार उड्नुअघि ईश्वरले सावित्रीलाई प्रतिमहिना २ सय ५० डलर तलब पाइने बताएका थिए । सावित्रीलाई केयरगिभरको काम गर्न भनेर पठाइएको थियो ।

तर सावित्री काम गर्ने घरमा सुरुदेखि नै सास्ती भोग्नु परेको उनका बुबा मानबहादुरले बताए । घरवालाले अनेक बहानामा पिट्ने राम्ररी खानासमेत नखिदएर दुःख दिन थालेपछि सावित्री राहदानी, भिसालगायत कागजात त्यही छोडेर भागिन् ।  उनी अहिले एकजना फिलिपिनो महिलाको संरक्षणमा बसेको मानबहाखुरले बताए ।

उनको भिसा म्याद मार्च १२ मै सकिएको छ । उनीसँग नेपाल र्फकने पैसा नहुदा त्यही लुकीछिपि काम गर्न बाध्य छन् । उनलाई लेबनान पठाउने दलालले भने आफूले नेपाल ल्याउने पहल गरेको भन्दै आश्वासन दिने गरेको उनको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment