+
+

पाँचथर र धनकुटामा आगलागी, १७ घर जले

रविन भट्टराई रविन भट्टराई
२०७३ वैशाख ३ गते ८:५०

aaglagi2ताप्लेजुङ  ।  पाँचथर र धनकुटामा विहिबार  आगलागीमा सत्र घर जलेर नष्ट भएको छ । आगलागीमा परी धनकुटामा एक जना घाईते भएका छन् ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका ६ चोकमाबुस्थित सामुदायिक वनमा लागेको आगो सल्किएर नजिकै रहेको पाँच घर जलेका हुन भने धनकुटा जिल्लाको लेगुवास्थित जंगलमा लागेको आगो वस्तीमा पुग्दा १२ घर जलेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आगलागिमा परी फिदिम नगरपालिका ६ चोकमाबुका स्थानीय कालासिंह र कुकुरमारा सामुदायिक वनमा लागेको आगो सल्किंदा नजिकै रहेको तिलोचन नेपाल, लक्ष्मी अधिकारी, हिरालाल घिमिरे, देवी भण्डारी र सन्तोष राइकोे पाँच वटा घर जलेको हो ।

aaglagi3आगलागीबाट करीब ३३ लाख बराबरको धनमाल क्षती भएको अनुमान गरिएको प्रहरीले बताएको छ । विहिबार दिउँसो २ बजेतिर लागेको आगो जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटि गएको टोलीको सहयोगमा अपरान्ह साढे चार बजे नियन्त्रणमा आएको थियो ।

उता धनकुटाको लेगुवा १ स्थित चेम्जोङ जंगलमा दिउँसो ३ बजेतिर लागेको आगो सल्किएर जंगलनजिकैको १२ वटा घर जलेको हो । आगलागीमा परी जंगलमा बाख्रा चराउन गएका लेगुवा १ बस्ने ४५ वषिर्य भोला लामिछाने घाईते भएका छन् भने उनका १० वटा बाख्रा जलेका छन् । घाइते लामिछानेको जितपुर स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

आगो स्थानीयवासी, प्रहरी चौकी जितपुर, जिल्ला प्रहरी कार्यालय धनकुटासहित स्थानीय नेपाली सेना र सशस्त्र प्रहरीको टोलीबाट साँझ मात्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?