५ वैशाख, नवलपरासी । नवलपरासीको दुम्किबास ५ दाउन्ने डांँडामा रहेको गुम्बामा एक जना पुरुषले श्रीमतीसँगको झगडापछि आफ्ना दुई छोराको हत्या गरी आत्महत्या गरेका छन् ।
दुई दिन अघि श्रीमतीसँग झगडा गरेर घरबाट निस्केका नवलपरासीको देवचुली नगरपालिका १ निवासी २८ बर्षीय प्रताप कुमालले आफ्ना दुई छोराको घाँटी थिचेर हत्या गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक युवराज न्यौपानेका अनुसार शनिबार साँझ दाउन्नेको गुम्बातिर उक्लेका कुमाल आइतबार विहान मृत अवस्थामा भेटिएका थिए ।
प्रतिक्षालयमा तीन जनाको शव स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4