Comments Add Comment

नामिबियाले नाेवाैं विकेट गुमायो

Shakti६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाले नाेवाैं विकेट गुमाएको छ ।

स्पिनरहरु हावी भएको खेलमा अनुभवी बलर शक्तिले विष्फोटक ब्याटिङ गरिरहेका कोट्जेलाई पेविलियनको बाटो देखाएका हुन । ४७औं ओभरको चौथो बलमा विनोद भण्डारीले स्टम्पिङ गरी ११ बलमा ३२ रन प्रहार गरेका कोट्जेलाई आउट गराएका हुन ।

कोट्जेले ११ बल खेलेर २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि स्पिनरहरु शक्ति, बसन्त र सन्दीपले २/२ विकेट लिएका छन् । नामिबियाको दुई विकेट रनआउटमार्फट झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment