Comments Add Comment

शरद भेषवाकरको लगातार दोस्रो अर्धशतक

Sarad-Veshwakar६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारससँगै शरद भेषवाकरले पनि अर्धशतक पूरा गरेका छन् । प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

कीर्तिपुर मैदानमा मध्यक्रमका ब्याट्सम्यान शरदले ७५ बलमा अर्धशतक पूरा गरे । उनले आफ्नो इनिङमा ४ चौका प्रहार गरे ।

यसअघि कप्तान पारसले पनि अर्धशतक पूरा गरेका थिए । मध्यक्रमका यी दुई ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाल नामिबियाबिरुद्ध जीततर्फ उन्मुख छ । पारस ७८ रन बनाएर खेलिरहेका छन् ।

यसअघि शनिबारको खेलमा पनि शरदले उत्कृष्ट पारी खेल्दै अर्धशतक प्रहार गरेका थिए । उनकै प्रदर्शनको सहयोगमा नेपालले नामिबियालाई ५ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment