६ वैशाख, काठमाडौं । नामिबियाबिरुद्धको दोस्रो खेलमा पनि जीत आत्मसाथ गरेर नेपाली क्रिकेट टोलीले समर्थकलाई फेरि एकपटक हषिर्त बनाएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत यसअघिको दुई चरणको चारै खेलमा पराजित भएको नेपालले उत्कृष्ट पुनरागमन पनि गरेको छ । नेपालले दुई खेलबाट चार अंक जोडेर अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ । यसपटक नेपाललाई घरेलु मैदानको पनि फाइदा रहृयो ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुछको सोमबारको खेलमा नेपाली टोलीलाई हौसला बढाउन हजारौंको सङख्यामा समर्थक कीर्तिपुर पुगेका थिए । नेपाली टोलीले समर्थकको आशालाई निराश बनाउन दिएनन् ।
बिशेष गरी कप्तान पारस खड्का र शरद भेषावकरको म्याच विनिङ पारी अविस्मरणीय रहृयो । उनीहरु खेलमा नायक सावित भए । नेपाल र नामिबियाबीचको खेल तस्वीरमा हेर्नुहोस्
प्रतिक्रिया 4