Comments Add Comment

अफगानिस्तानमा आत्मघाती आक्रमण

kabul_blast७ वैशाख, अफगानिस्तान। अफगानिस्तानमा सरकारी कार्यालयहरुलाई लक्षित गरी मङ्गलबार भएको एक आत्मघाती आक्रमणमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १९८ जना घाइते भएका छन्।

स्थानीय समयानुसार मङ्गलबार बिहान ८:३० बजे सरकारी भवनहरुलाई लक्षित गरी सो आत्मघाती आक्रमण गराइएको बताइएको छ ।

पुल इ मोहमद खान इलाकामा रहेको राष्ट्रपति भवन, रक्षा मन्त्रालयलगायतका सरकार कार्यालय लक्षित सो आक्रमण गरिएको थियो ।

आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको जनाइएको छ ।

कैयौं शवहरु अस्पताल ल्याइएको छ । १९८ जना घाइतेलाई उपचारार्थ अस्पताल ल्याइएको सार्वजनिक स्वास्थ्य मन्त्रालयका प्रवक्ता अजिज कावोसीले बताए ।

 रासस/ सिन्ह्वा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment