
काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो सरकार बने सबैभन्दा गरीब परिवारलाई बार्षिक ७२ हजार दिने घोषणा गरेका छन् ।
दिल्लीमा पार्टीको बर्किङ कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘अहिले न्यूनतम आन्दानी सीमा १२ हजारप्रति मोह छ । यदि कुनै परिवारले ६ हजार कमाइरहेको छ भने उनीहरुलाई ६ हजार दिएर आम्दानी १२ हजार पु¥याइनेछ ।’
कांग्रेसले गरिबी सदाका लागि अन्त्य गर्न चाहेको भन्दै उनले गरीबलाई मासिक ६ हजार दिइने बताए । उनले भनेका छन्, ‘यदि नरेन्द्र मोदी हिन्दुस्तानका सबैभन्दा धनी मानिसहरुलाई पैसा दिइरहेका छन् भने हामी गरीबका लागि यसो गर्न सक्छौं ।’
किसानलाई बार्षिक ६ हजार दिने मोदी सरकारको घोषणाप्रति व्यंग्य गर्दै राहुलले भनेका छन्, ‘किसानलाई प्रतिदिन रु. ३.५ दिइँदैछ र प्राइवेट जहाज चढ्नेलाई करोडौं दिइँदैछ ।’
गरीब परिवारलाई मासिक ६ हजार दिने योजना कति व्यवहारिक हुन्छ भन्ने प्रश्नमा कांग्रेस अध्यक्ष राहुलले भनेका छन्, ‘हामी ५ महिनादेखि यो अध्ययन गरिरहेका छौं । विश्वका अर्थशास्त्रीहरुसँग कुरा गरेपछि हामी यसका लागि तयार भएका हौं ।’
२५ करोड मानिसलाई गरिबीबाट माथि उठाउने आफ्नो लक्ष्य रहेको राहुलले बताएका छन् । उनले भने, ‘यदि तपाईको आन्दानी १२ हजार भन्दा कम छ भने हामी त्यति पुर्याइदिन्छौं ।’
प्रतिक्रिया 4