Comments Add Comment

‘उहिले बाजेको पालामा’ खुश्वुको छमछमी

khusbu khadka
वैशाख २४ गतेबाट काठमाण्डौमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘उहिले बाजेको पालामा’को एक लोक लयको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र जेठ ७ गतेबाट काठमाण्डौ बाहिर लाग्नेछ ।

यो गीतमा चलचित्रकी मुख्य कलाकार खुश्वु खड्काले नृत्य गरेकी छिन् । चलचित्रमा दीलिप रायमाझी, खुश्वु खड्का, कमल गाउँले, गणेश बेलवासे, सपना रोक्का, माधव पण्डित मुख्य भूमिकामा छन् । वीपीन आचार्यको संगीत रहेको यो गीतमा माण्डवी त्रिपाठीको स्वर छ ।

चलचित्रमा भरत क्षेत्रीको एक्सन, गणेश बेलावासेको कथा छ । चलचित्रलाई बसन्त जीएमले निर्देशन गरेका हुन् । यो चलचित्रले बाजेको पालामा हुने गरेका रमाइला र धेरै नेपालीले विर्सिएको संकृतीलाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment