Comments Add Comment

पैसा तिर्न नसकेपछि ३६ लाख लुटिएको नाटक !

nepali_rupees८ वैशाख, काठमाडौं । न्यूरोडमा आफूलाई  बेहोस बनाई ३६ लाख रुपैयाँ लुटेको जाहेरी प्रहरीमा दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सीटीसी मलमा ईलोकट्रोनिक पसल संचालन गरेका अर्घाखाची केरुङ -१ स्थाई घर भइ हाल कीर्तिपुर बस्ने ३९ वर्षका शोभाकर पोख्रेलले बैशाख ६ गते आफू लुटिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

उनले कालो पाल्सरमा आएका दुई व्यक्तिले आफ्नो साथमा रहेको ३६ लाख लुटेको र आफूलाई कीर्तिपुरस्थित जंगलमा लगेर छाडेको भन्दै प्रहरीका पुगेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी तव अचम्ममा पर्‍यो जव उनले भनेको घटना विवरण वास्तविक थिएन ।

प्रहरीले पोखरेलका विषयमा अनुसन्धान गर्दा काठमाडौं ट्यांग्ला स्थित कामधेनु गाई फर्म की संचालिकालाई गाई फर्म किने बापत तीस लाख दिनु पर्ने र अर्का व्यक्तिलाई छ लाख पचास हजार दिनु पर्ने तथ्य पत्ता लाग्यो ।

रकम दिन नसक्ने अवस्था आएपछि उनले  यस प्रकारको बनाबटि घटना बनाई प्रहरीलाई झुक्याउन खोजेको प्रहरीले जनाएको छ । उक्त घटनामा हराएको भनिएको मोवाईलको, ब्याट्रि, बाहिरी खोल, पैसा राखिएको भनिएको कालो व्याग हात खुट्टामा घाउ बनाउन प्रयोग गरीएको पेपर कटर चक्कु कीर्तिपुर स्थित जंगलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment