+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सिंहदरबारमा नाकाबन्दी गर्नुपर्छः बाबुराम

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ वैशाख ८ गते १५:४१

Baburam-Bhattrai

८ वैशाख, रौतहट । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसवादी दलहरुले अब आन्दोलन गर्दा सिंहदरवारमा नाकाबन्दी गर्नुपर्ने बताएका छन् ।

तराई मधेसमा पाँच महिना बढी आन्दोलन हुँदा सरकारले कुनै वास्ता नगरेका भन्दै उनले अबको आन्दोलन जनतालाई भन्दा सरकारलाई अनुभव हुने गरी गर्नु पर्ने बताए ।

नयाँ शक्ति नेपालको मधेस जागरण अभियान अन्तर्गत गौरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले अब आन्दोलनको माग अनुसार संविधान संशाधन गर्न सरकारलाई बाध्य पार्न जरुरी रहेको बताए । उनले भने, ‘अबको आन्दोलन मधेसवादीले मात्रै होइन, थारु आदीवासी जनजाति समेत मिलेर गर्नुपर्छ ।’

आफूले संविधान अपूरो भएको भनेर आवाज उठाएको जिकिर गर्दै उनले अहिले पनि सरकारमा रहेका दलहरुले संविधान संशोधन गरेर समस्या समाधान गर्न पहल गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?