८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ र नेपाल आर्मी राष्ट्रिय महिला फुटबल लिगको फुटबलको सुपर लिगमा प्रवेश गरेका छन् ।
आर्मीले पश्चिम क्षेत्रलाई ९-० ले हराएको छ । एपीफले सुदूरपश्चिमलाई १४-० ले पराजित गरेको छ । जितसँग दुबै टिको ६-६ अंक भएको छ ।
तर, ३० गोल गरेको एपीएफ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर्मीले २९ गोल गरेको थियो । आर्मी र एपीएफको समूह चरणको अन्तिम खेल शुक्रबार हुनेछ, जसले समूह विजेताको टुंगो लाग्नेछ ।
पहिलो खेलमा आर्मीका लागि दिपा अधिकारीले ११ औं मिनेटमा गोलको खाता खोलिन् । उनले ३१ र ८९ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरिन् ।
सर्मिला थापाले १४, १६, ३५, ७७ र ८० औं मिनेटमा गोल गरिन् भने सपना लामाले एक गोल गरिन् ।
एपीएफले साबित्रा भण्डारीको १० औं मिनेटको गोलबाट सुदूरपश्चिमविरुद्ध अग्रता लिएको थियो । १३ औं र ७७ औं मिनेटमा गोल गर्दैै हृयाट्रिक पुरा गरेकी उनले ७८ औं मिनेटमा चौथो गोल गरिन् ।
यस्तै अनिता बस्नेतले १४, ३९ र ७५ औं मिनेट गोल गरिन् भने सजना रानाले २५, ४१, ७६ र ८१ मिनेटमा गोल गरिन् । अनु लामाले २९ र अतिरिक्त समयमा तथा मुना दोङले ८७ मिनेटमा गाले गरिन् ।
प्रतिक्रिया 4