+
+
Shares

अतिवाद र अन्धराष्ट्रवादले देशलाई जोड्न सक्दैनः पूर्व राष्ट्रपति यादव

राष्ट्रिय सहमतिको प्रयास गर्दा एक्लो भएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ९ गते १६:५५

rambaran yadav 1

९ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पहाड र मधेस मिलेर जानु पर्ने बताएका छन् । कसैलाई होच्याएर काम नचल्ने भन्दै उनले मधेस समस्या समाधान गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
पत्रकार जगत नेपालको पुस्तक ‘पहिलो संसदः वीपी-महेन्द्र टकराव’ बिहीबार विमोचन गर्दै यादवले संविधान जारी गर्ने क्रममा मधेसको समस्या समाधान नभएकोमा आफूलाई पीडा भएको तर, राष्ट्रपतिको दायित्व पूरा गरेको बताए ।

‘अतिवाद र अन्धराष्ट्रवादले देशलाई जोड्न सक्दैन,’ पूर्व राष्ट्रपतिले कति बोल्ने कति नबाल्ने सीमा निर्धारण नभएको र आफू अन्योलमामा रहेको भन्दै सम्बोधन सुरु गरेका उनले अघि भने, ‘अब कसैलाई होच्याएर काम चल्नेवाला छैन ।’

सबैले राष्ट्रियताको कुरा गर्ने गरेको भन्दै उनले सबैलाई जोड्ने काम कसले गर्छ भन्ने प्रश्न गरे । संविधानले राष्ट्रियता, सार्वभौमसत्ता, समानुपातिक समावेशी, धर्मनिरपेक्षता ल्याएको भन्दै अब लागू गर्न सक्नुपर्ने बताए ।

नयाँ संविधान जनताका प्रतिनिधिले लेखेको तर, राजनीतिक सहमति भएपनि राष्ट्रिय सहमति नभएको उनले बताए । आफूले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सम्वाद समिति र मस्यौदा समितिका सभापति एक ठाउँमा बसेर सहमति गरौं भन्दा कहिल्यै छलफल नभएको भन्दै पूर्व राष्ट्रपति यादवले अघि भने, ‘दोस्रो सभामा कहीँ न कहीँ हडबड भयो । राजनीतिक सहमति भयो तर, राष्ट्रिय सहमति भएन । र, म एक्लो भएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?