Comments Add Comment

सिक्री लुटेर भग्ने शाही पक्राउ

९ वैशाख, काठमाडौं । सिक्री लुटेर भाग्दै गरेका खडक जंग शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कपन बस्ने मुगु पिना-२ घर भएका २२ बर्षीय शाहीले भृकुटीमण्डपस्थित माईक्रोपार्क नजिक कपन बस्ने धादिङ मैदी-८ घर भएकी २४ बर्षीया सवमा श्रेष्ठले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री लुटेका थिए ।

सिक्री लुटेर भाग्दै गरेका शाहीलाई महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले लुटेको उक्त सिक्री सहित पक्राउ गरेका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment