+
+

विदेशको लाखौं कमाइ गाउँको विकासमा

रासस रासस
२०७३ वैशाख १० गते १३:४५

१० वैशाख, म्याग्दी । चार दशकभन्दा लामो समयसम्म रोजगारीका लागि प्रवासमा विताएका एक व्यक्तिले आफ्नो जन्मथलोको विकासका लागि लाखौँ रकम आर्थिक सहयोग गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

हिस्तान–५ टिकोट घर भई हाल पोखरामा बस्दै आएका चन्द्रबहादुर पुन र उनका परिवारले टिकोट गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र, विद्यालय भवन र सडकलगायतका पूर्वाधार निर्माणका लागि ४० लाख रूपैयाँ भन्दा बढी सहयोग गरेका हुन् ।

बेलायतको गोर्खा सैनिकका सेवानिवृत्त पूर्वमेजर ७३ वर्षीय चन्द्रबहादुरले विदेशको कमाइका साथै आफूले पाउने पेन्सन सुविधा गाउँको विकासका लागि उपलब्ध गराएका छन् । पुनका परिवारले टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न २२ लाख पाँच हजार रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

चन्द्रबहादुरले दिवङ्गत श्रीमतीको स्मृतिमा कोष स्थापना गरेका स्थानीय टिकोट माविका प्रअ प्रदीप पुनले जानकारी दिए ।

रुपीमाया सामुदायिक स्वास्थ्य केन्द्र नामाकरण गरिएको केन्द्र सञ्चालनका लागि कोष स्थापना गर्न चन्द्रबहादुरले रु सात लाख, छोराहरु सन्त, विष्णु, लीलमान पुन र छोरी रत्नमाया बरालले दुई÷दुई लाख, भाइ हर्कबहादुरले  दुई लाख रूपैयाँ सहयोग गरेका छन् ।

चन्द्रबहादुरका दाइका छोराछोरी, नाति र भाउजू मनिषा पुनले कोषमा थप पाँच लाख पाँच हजार रूपैयाँ जम्मा गरेका छन् । अक्षयकोष रकमको ब्याजबाट क्लिनिकको व्यवस्थापन, कर्मचारीको तलब र औषधि खरिद गर्न परिचालन हुने गरेको छ ।

बेलायतको गोर्खा सैनिकमा ३२ र बु्रनाईमा १२ वर्ष काम गरेका पुनले टिकोट माविको १६ कोठे पक्की भवन निर्माणका लागि पनि थप  २० लाख नगद सहयोग गरेका छन् । प्रअ पुनकाअनुसार चन्द्रबहादुरले महभिर टिकोट सडक निर्माणका लागि ५४ हजार ५०० रूपैयाँ सहयोग गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?