Comments Add Comment

कनकमणि दीक्षित अख्तियारको नियन्त्रणमा, भन्यो-सम्पत्ति विवरण मिलेन

Kanak-Mani-Dixit,-Arrest

१० वैशाख, काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरेको विषयमा परेका विभिन्न उजुरीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ । दीक्षितलाई शुक्रबार दिउँसो पक्राउ गरिएको सम्वन्धमा विज्ञप्ति जारी गर्दै अख्तियारले उनीमाथिका उजुरीहरु सार्वजनिक गरेको हो ।

दीक्षितका विरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा विदेशी बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचविखन गरेको लगायत उजुरी परेको विज्ञप्तिमा जनाइएको छ ।

उजुरीमाथि छानविनका क्रममा अख्तियारले दीक्षितलाई गत मंसिर १७ गते उपस्थित हुन बोलाएको थियो । दीक्षित २४ गते उपस्थित भएर सम्पत्ति विवरण फाराम बुझेको तथा ३० गते फाराम भरेर बुझाएको अख्तियारले जनाएको छ । उनले बुझाएको सम्पत्ति विवरण एकिनका लागि सम्वद्ध निकायहरुमा पत्राचार गर्दा सोबाट संकलित कागजात तथा विवरणहरु सम्पत्ति विवरणसँग मेल नखाएको अख्तियारको दावी छ ।

सम्पत्ति विवरणमा कैफियत देखिएको विषयलाई लिएर थप स्पष्टताका लागि निजलाई आयोगमा बोलाउँदा त्यसको अवज्ञा गर्दै उपस्थित नहुने निवेदनसमेत दर्ता गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

‘यसरी कानूनको प्रतिकूल आचरण गरेको र अुसन्धान कार्यमा वाधा पुर्‍याएको हुनाले निजलाई कानूनी प्रावधानअनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निजउपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ,’ अख्तियार प्रवक्ता कृष्णहरी पुष्करद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् अख्तियारको विज्ञप्ति

CIAA-Relese-about-Kanakmani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment